Tuesday, June 18Nepal News Portal
Shadow

नेपाली बजारमा नयाँ केन्ट सुप्रीम कपर आरओ


काठमाडौं । ईओएल प्रालिले तामायुक्त केन्ट सुप्रीम कपर मोडल नेपाली बजारमा ल्याएको छ। समयसँगै पानीको गुणस्तर खस्कँदै गएको कारण नेपाली बजारमा नयाँ केन्ट सुप्रीम कपर आरओ ल्याइएको कम्पनीले जनाएको छ ।

यसको प्राथमिक कार्य भनेको पानीमा रहेको अशुद्धतालाई कीटाणु शोधन गरी मानव उपभोगको लागि शुद्ध र स्वस्थ बनाउनु रहेको कम्पनीले बताएको हो ।

भित्तामा झुन्ड्याउन मिल्ने आकर्षक डिजाइनको साथसाथै यो प्युरिफायरमा आरओ प्रविधि छ, जसले स्वस्थ र शुद्ध पानी उपलब्ध गराउन आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्ने गर्दछ ।

साथै, यसको भण्डारण ट्याङ्कीमा पानीलाई ब्याक्टेरिया — मुक्त राख्न र शुद्ध गर्नको लागि युभीएल ईडी लाइटपनि हुन्छ। यो स्मार्ट आरओ वाटर प्युरिफायरमा तामा पनि हुन्छ।

 

Total Page Visits: 115 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्