काठमाडौं । बुधबार सेयर बजारको नेप्से परिसूचक ९.५४ अंकले घटेको छ । अघिल्लो दिन २८ अंक बढेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७० करोडमा कायम रहेको हो । ६५ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ८ को स्थिर रह्यो ।
उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपारको ६, बुद्धभूमि हाइड्रोपावरको ५.६, सुपरमाइ हाइड्रोपारको ४.४ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ओरियन्टल होटलको ५.५, सीईडीबी हाइड्रोपावरको ४, तमोरको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पिपुल्स पावर, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सोनापुर सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे।