Tuesday, May 28Nepal News Portal
Shadow

रश बदाम ड्रिंक बजारमा सुजल डेरीले ल्यायो


काठमाडौं । सुजल डेरीले नवीनतम ब्रान्ड रश बदाम ड्रिंक बजारमा ल्याएको छ ।

रश बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन आल्मोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कम्पनीले जनाएको छ ।

रश बदाम ड्रिंक अन्तरराष्ट्रिय स्तरको अटोमेटेड मेशिनबाट उत्पादन गरिन्छ । रश बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दूधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढनको लागि शरिरलाई चाहिने ऊर्जाले पनि त्यत्तिकै महत्व राख्ने जनाएको छ ।

रश बदाम ड्रिंकले उपभोगतालाई सधै एक्टिभ, रेडी, गोइङ बनाउने कुरामा कम्पनी विश्वस्त छ । रश बदाम ड्रिंकको १८० एमएम क्यान १०० रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

 

Total Page Visits: 45 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्