काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङ्ग १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलको अधिकारीक बिक्रेता सिजि मोटर्सले काठमाडौंको पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरूमको उद्घाटन गरेको छ।
किङ्गलोङ्गको पानीपोखरीस्थित नयाँ सोरूमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनिभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध छ।
सबै भेरियन्टहरूमा सिएटिएल ब्याट्री टेक्नोलोजीको प्रयोग भएको छ जसले गर्दा एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ।
किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरूमा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एनएमको टर्क जेनेरेट गर्ने बताइएको छ।
कम्पनीले नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा सुविधा वितरण हुने बताइएको छ।