काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्र धराशायी बन्दै गएको जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अटो क्षेत्र धराशायी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको जनाएका हुन् ।
अटो व्यवसाय अब छिटै एकादेशको कथा हुने अवस्था आएको पनि अध्यक्ष चौधरीले बताएका छन् । ‘ठूलादेखि साना सवारीको बिक्रीमा कमी आएको छ,अटो व्यवसायीहरूले वैकल्पिक उपाय खोजी रहेका छन्, व्यवसायीले ऋण लिएर व्यवसाय गरेका छन्, तर अब व्यवसायी ऋणलाई नतिरी यहाँबाट कसरी उम्कने भन्ने उपाय खोजी रहेका छन्’ उनले बताए ।
‘