Wednesday, October 16Nepal News Portal
Shadow

कुलमान घिसिङ भन्छन् नेपालमा विधुतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ


 

काठमाडौँ । नेपाल विधुतीय प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विधुतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको जनाएका छन् ।

बिहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विधुतीय सवारी साधनले नेपालमा राम्रो प्रमोसन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने जनाएका छन् ।

उनले भने, ‘भन्सारलगायतका विषयहरू छन् त्यसमा सहजीकरण हुन्छ भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रूपमा छलफल नै गरिरहेका छौँ । राजस्वको विषयले गर्दा विधुतीय सवारी साधनमा जुन हिसाबले प्रमोसन भइरहेको छ यसमा विशेष ध्यान दिनुपर्छ । नेपालमा विधुतीय सवारी साधनको प्रमोसनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’

यस्तै, उनले नेपालमा ऊर्जा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निजी क्षेत्रको रहेको बताएका छन् । उनले भने, ‘हामीले २८ हजार मेघावाट विधुतको लक्ष्य राखेका छौंं । त्यो पुरा गर्नको लागि निजी क्षेत्र नै हो नेपालमा अहिलेको ऊर्जा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको छ । तपाईँहरूलाई सहजीकरण गर्न हामी सधैँ तयार छौ ।’

अर्बौँ रुपैयाँ वनलाई क्षतिपूर्ति दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाउँमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भएपनि उत्पादन खर्च घटाउनुपर्ने पनि उनको भनाई छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्