Wednesday, January 15Nepal News Portal
Shadow

अर्थ सचिव मरासिनी भन्छन् अबका नीतिहरू निरासा चिर्नेगरी आउँछ 


काठमाडौं। अर्थ सचिव मधुकुमार मरासिनीले अबका नीतिहरू निरासालाई चिर्नेगरी आउने जनाएका छन्।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नाडा अटोमोबाइल एसोसिएसन नेपाल सँगको सहकार्यमा बिहीबार गरेको प्रिबजेट छलफलमा बोल्दै सचिव मरासिनीले निरासालाई चिर्ने नीति आउने जनाएका हुन् । ‘मुखले भनेको मात्रै होइन व्यवहारमै लागू हुन्छ उनले भने, निरासालाई चिर्ने नीति आउँछ। उद्योग धन्दा चलाउनेहरूलाई सहज महसुस हुन्छ ।

जलविद्युत्‌का आयोजनाका लागि आयात गरिएका सामानहरू भन्सारमा ३ महिनादेखि रोकिएको इप्पानले जनाएको छ। भन्सारमा रहेको समस्या प्रशासनिक भए कर्मचारीलले र नीतिगत भए अर्थ मन्त्रालयमा जानकारी गराउन सचिव मरासिनीले आग्रह गरे।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्