Thursday, July 3Nepal News Portal
Shadow

उद्योग मन्त्री भण्डारीले गरे कफीखेतीको उद्‍घाटन


 

बैतडी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको उद्घाटन गरेका छन्। उनले बिहीबार पाटनमा कफीखेती रोपण कार्यक्रमको उद्‍घाटन गर्दै अब कफीखेतीको विकास, प्रशोधन र प्रवर्द्धन गरी आयआर्जन तथा गरिबी न्युनीकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने जनाएका छन् ।

मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मुलुकका अन्य सम्भावना बोकेका तर पिछडिएका भेगमा कार्यक्रम सञ्चालन गर्न जोड दिँदै आएको जनाए ।। नेपालमा कफीको माग विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मागको सबै आपूर्ति घरेलु उत्पादनबाट हुन नसकेको जनाएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्