Tuesday, June 18Nepal News Portal
Shadow

आईपीओ निष्कासन गर्दै, ठमेल प्लाजा होटलले


 

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव लागि जेठ १९ गते विशेष साधारण सभा बोलाएको हो । जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, ठमेल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

आईपीओ र हकप्रद निष्कासनको लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि जेठ १५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको हो । बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

Total Page Visits: 95 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्