Friday, January 24Nepal News Portal
Shadow

नेप्सेमा झिनो अंकले सुधार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर दुई हजार १८. ७६ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र सिर्जनसिल लघुवित्त वित्तीय संस्था रहेका छन् ।

आज माण्डू हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.७६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ४३ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्