Thursday, May 23Nepal News Portal
Shadow

लक्ष्मी सन्‌राइज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्ति


काठमाडौं। लक्ष्मी सन्‌राइज बैंकका अध्यक्षमा रमण  नेपाल नियुक्ति भएका छन्। तत्कालीन लक्ष्मी बैंकबाट हटेको ६ महिनापछि लक्ष्मी सन्‌राइजको सञ्चालक समिति बैठकले नेपाललाई पुनः बैंकको अध्यक्षमा नियुक्ति  गरेको हो।

गत असार २९ गते तत्कालीन लक्ष्मी बैंक र सन्‌राइज बैंक आपसमा मर्जर भएर लक्ष्मी सन्‌राइज बैंकको रुपमा एकीकृत कारोबार गरेका थिए । मर्जरपछि बनेको लक्ष्मी सन्‌राइज बैंकमा रमण नेपाललाई नै अध्यक्ष बनाउने पूर्वसहमति मर्जर कमिटिको थियो।

तर, लक्ष्मी बैंकमा नागरिक लगानी कोषको प्रतिनिधित्वमा आएका अध्यक्ष रमण नेपालको कार्यकारल कोषमा ५ वर्ष प्रमुख कार्यकारी अधिकृतको कार्यअवधि गत कार्तिक २३ गते समाप्त भएसँगै उनी बैंकबाट बाहिरिएका थिए।

Total Page Visits: 74 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्