Tuesday, December 3Nepal News Portal
Shadow

मौद्रिक नीति तेस्रो समीक्षा आज सार्वजनिक हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा आज
सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका गभर्नर कार्यालय आर्थिक अनुसन्धान विभागले तयार गरेको समीक्षाको मस्यौदामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएका छन् ।

राष्ट्र बैंकमा अहिले चलिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मस्यौदा पास गरेमा आजै सार्वजनिक गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले जनाएका छन् ।

सञ्चालक समिति बैठक समाप्त हुने बित्तिकै राष्ट्र बैंकको वेव साइटमार्फत् मौद्रिक नीतिको तेस्रो त्रैमासकि समीक्षा सार्वजनिक गरिने जानाएको छ । अहिले तेस्रो समीक्षा हो।  ठुला नियामकीय परिवर्तन नयाँ मौद्रिक नीति मार्फत नै आउछन्, केही साना तर अत्यावश्यक परिवर्तन प्रस्ताव गरिएको छ’ ती अधिकारीले बताएका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्