Tuesday, November 11Nepal News Portal
Shadow

फेरि बढ्न थाल्यो सुनको भाउ


काठमाडौं, पुस २० (ससं)। आइतबार स्थिर रहेको सुनचाँदीको भाउ त्यसयता निरन्तर बढ्न थालेको छ। स्थिर रहेको दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको थियो।

तर, हिजो सोमबार एकै दिन ८०० रूपैयाँ बढेर तोलामा ९५ हजार ३०० रूपैयाँ पुगेको सुनको भाउ आज फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार १०० रूपैयाँ बढेको छ।

यसरी लगातार बढेको सुनको भाउ दुई दिनमै प्रतितोला एक हजार ९०० रूपैयाँले बढेको छ। पछिल्लो समय घट्दोक्रममा देखिएको सुनको मूल्य दुई दिनयताको वृद्धिले फेरि उकालो क्रममा देखिएको छ।

जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ४०० रूपैयाँ तोकिएको छ। यस्तै, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य उकालो लागेसँगै चाँदी पनि लगातार बढ्न थालेको छ। सोमबार प्रतितोला २५ रूपैयाँ बढेको चाँदी आज तोलामा १० रूपैयाँ बढेको छ। लगातार दुई दिन बढेपछि चाँदीको प्रतितोला मूल्य एक हजार ३३५ रूपैयाँ कायम भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्