काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको हो।
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने उल्लेख गरेको छ ।