Friday, January 24Nepal News Portal
Shadow

साढे ९ महिनामा आगलागीबाट एक अर्बभन्दा बढीको क्षति


काठमाडौं, पुस २१ (ससं)। यो वर्ष देशभर आगलागीका घटनाले एक अर्बभन्दा बढीको क्षति गरेको छ। २०७७ वैशाख १ देखि पुस २० गतेसम्मको साढे नौ महिनाको अवधिमा आगलागीका घटनामा परी ३६ जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो साढे नौ महिनाको अवधिमा देशभर एक हजार ३८२ वटा आगलागीका घटना रकेर्ड भएका छन्।

यो वर्ष आगलागीका घटनाले कूल एक अर्ब ६ करोड चार लाख २४ हजार ४१० रूपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ।
आगलागीका घटनामा परी उक्त अवधिमा २३६ जना घाइते भएका छन् भने ५९३ चौपायाको मृत्यु भएको छ।

प्राधिकरणको तथ्याङ्‍क अनुसार पछिल्लो साढे नौ महिनामा प्रकोपका घटना (आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो, अविरल वर्ष र हावाहुरी) बाट एक अर्ब २१ करोड ८४ लाख ५१ हजार १६० रूपैयाँ बराबरको क्षति भएको छ।

यो वर्ष नौ वटा प्रकोपका घटनाले गरेको कूल क्षतिको ८७.०३ प्रतिशत हिस्सा आगलागीका घटनाले ओगटेको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्