काठमाडौं। सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेका छन् ।
भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पदमा बसेको व्यक्तिले २ महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्छ।
तर, सरकारले मन्त्रिपरिषद् कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको छैन। सरकारी कर्मचारीको हकमा आर्थिक वर्ष सकिएको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ।