Sunday, February 16Nepal News Portal
Shadow

सुनको मूल्यले फेरी बनायो अर्को नयाँ रेकर्ड


काठमाडाैं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। गत बिहीबार नयाँ रेकर्ड बनाएकाे सुनको मूल्यले आज पुन: हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँमा कारोबार रहेको हो । गत शुक्रबार एक लाख ३९ हजार ३०० मा काराेबार भएकाे थियाे । शुक्रबारकाे तुलनामा १६ सयले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रूपैयाँमा काराेबार भएकाे हाे । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय १० रूपैयाँ बढेको हो।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्