काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरूपमा विधुतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बिवाईडी ब्राण्डका विधुतीय सवारी साधन खरिद गर्न चाहने नागरिकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैंकले उचित ठहर्याएका ग्राहकलाई तीन दिनभित्र सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ।
ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको हो ।
ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।