Tuesday, December 3Nepal News Portal
Shadow

धादिङ र चितवनका चेपाङ वस्तीमा विधुत पुगेसँगै रमाए सर्वसाधारण


काठमाडौं ।अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका दुर्गम वस्तीमा विधुत राष्ट्रिय प्रसारण लाइन पुगेको छ। धादिङको गजुरी, बेनीघाट रोराङ नगरपालिका र चितवनको इच्छाकामना नगरपालिकाको विकट चेपाङ वस्तीमा राष्ट्रिय प्रसारण लाइन पुगेको हो। नेपाल विधुत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटरसमेत उपलब्ध गराएको छ।

बिजुलीको पहुँच विस्तार गर्न प्राधिकरणले मिटर धान्न नसक्ने गरी पिछडिएका तथा आर्थिकरूपले विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको छ। प्राधिकरणले देशभरका आफ्ना वितरण केन्द्रमार्फत देशका गरिव वर्गलाई निःशुल्क मिटर उपलब्ध गराउँदै आएको हो। आर्थिक अवस्था कमजोर भएका जनताले मापदण्डअनुसार एकल फेज इनर्जी मिटर ५/३० एम्पीयर क्षमताको एमसीबी बक्स निःशुल्क पाउनेछन्।

चितवनको इच्छाकामना नगरपालिका–१ कलिङ्मामा शनिबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नगरपालिकाले पूर्ण विधुतीकरण गरेको घोषणा गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले  सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले आर्जन गरेको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट सहुलियत ऋण लिएर मुलुकमा पूर्ण विधुतीकरणको काम भइरहेको जनाएका छन् ।

७/८ वर्षअघि राष्ट्रिय प्रणालीमा करिव ६० प्रतिशत जनताको मात्रै विधुत पहुँच थियो। जहाँ विधुत उपलब्ध थियो त्यहाँ लोडसेडिङ थियो भने अन्य ठाउँमा अन्धकार थियो। भर्खरै लोडसेडिङको अन्त्य भएर इतिहास बनेको छ। राष्ट्रिय प्रणालीमा ९५ प्रतिशत जनताको पहुँचमा विधुतीकरणको ठेक्का सम्झौता भइसकेको र काम भइरहेको छ घिसिङले भने । विधुतीय चुलो प्रयोग गर्दै ग्यास  विस्थापित गर्नसमेत घिसिङले आग्रह गरेका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्