Tuesday, December 3Nepal News Portal
Shadow

घट्न थाल्यो मुद्दति निक्षेप, बैंक तथा वित्तीय संस्था दबाबमा


काठमाडौं । मुद्दति निक्षेप घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको तनाव बढ्न थालेको छ।

गत वर्ष तरलता अभाव हुँदा चर्को ब्याज दिएर उठाएको निक्षेप अहिले परिपक्व हुन थालेसँगै मुद्दति निक्षेप घटेको हो। साथै, ब्याजदर निरन्तर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेपलाई अन्यत्रै सार्न थालेका छन्। जसका कारण बैंकरमाथि दबाब बढ्दै गएको छ।

पछिल्लो एक महिनामै बैंक तथा वित्तीय संस्थामा ७ अर्ब रुपैयाँभन्दा बढीले मुद्दति निक्षेप घटेको छ। फागुन मसान्तमा ३६ अर्ब १० अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप चैतमा ३६ खर्ब ३ अर्बमा झरेको छ।

मुद्दति निक्षेपको हिस्सा घट्दै जाँदा कर्जाको ब्याजदर पनि थप घट्दै गएको छ। निक्षेपको ब्याजदर घट्दै जाँदा कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ। मुद्दति निक्षेप घट्दा बैंक तथा वित्तीय संस्थाको लागत कम हुन्छ। निक्षेपको लागत घटेपछि त्यसले बैंक तथा वित्तीय संस्थाको आधारदर कम हुन्छ र कर्जाको ब्याजदर कम हुन्छ।

अहिले मुद्दति निक्षेपको ब्याजदर घटेर ५ प्रतिशत हाराहारीमा झरिसकेको छ। जसका कारण निक्षेपकर्ताले मुद्दति निक्षेपमा भन्दा शेयर बजारलगायतमा लगानी बढाउन थालेका छन्।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्