Saturday, November 25Nepal News Portal
Shadow

वायु प्रदूषण किन भयो?


काठमाडौं, पुस २१ (ससं) । देशभर अहिले पश्चिमी वायुको प्रभाव छ । तर सो वायुको प्रभाव वर्षा गराउने गरि भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद विभूति पोखरेलका अनुसार हावाको गति कम रहँदा मौसम धुम्मिएको र वायुमण्डलमा रहेका धुलोका कणहरुको सक्रियता भएको छैन। सोही कारण वायु प्रदूषण भएको उनले भनाई रहेको छ ।

यसैगरि वातावरणविद तथा वातावरण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीका अनुसार पनि आद्रतायुक्त वायुको गति कम हुँदा प्रदूषण बढेको हो।

पश्चिमी वायुको प्रभाव सक्रिय रुपमा भएर पानी परेमा अहिले भएको प्रदूषण कम हुने मौसमविद तथा वातावरणविदको भनाई छ।

चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएकाले प्रदूषण उच्च भएको हो।

प्रदूषण कारण काठमाडौँमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएको र मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन्।

सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नु पर्ने उनले उल्लेख गरेका छन्। वायु प्रदूषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्छ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्वका रुपमा यसलाई लिइन्छ। काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरहरुमा वायु प्रदूषण बढेको छ।

मानव स्वास्थ्यका लागि हानिकारक हुने गरि वायुको गुणस्तर विशेष गरि सोमबारदेखि कम भएको वातावरण विभागले जनाएको छ ।

मंगलबार पनि काठमाडौँ उपत्यकासहित देशभरका मुख्य शहरहरुमा मौसम धुम्मिएको र वायुको गुणस्तर कम रहेको छ।

 

 

Total Page Visits: 595 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्