Monday, June 17Nepal News Portal
Shadow

सुनको मूल्यले दोस्रो दिन पनि बनायो नयाँ ऐतिहासिक रेकर्ड


काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भइरहेकाे छ। हिजाे  सुन प्रतितोला १ लाख ४० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आइतबार चाँदी प्रतितोला १ हजार ९ सय १० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

 

Total Page Visits: 121 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्