Tuesday, December 3Nepal News Portal
Shadow

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री दाहाल (प्रचण्ड )ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन्। प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो। तटस्थमा १ मत परेको सभामुखले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ। सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्