Monday, February 10Nepal News Portal
Shadow

नेप्सेमा २७.५४ अंकको वृद्धि


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । सोमबार नेप्से २७.५४ अंकले बढेर २ हजार ९२ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३४ वटाको बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अन्य तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने एक कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.४० प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १९ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्