Tuesday, December 3Nepal News Portal
Shadow

१० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा


काठमाडौं । १० महिनामै नेपालले साढे ११ खर्ब बढीको व्यापार घाटा बेहोरेको छ। चालू आर्थिक वर्ष २०८०/८१ को १० महिना(साउनदेखि वैशाखसम्म) मा नेपालले कूल ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ बढीको व्यापार घाटा बेहोरेको हो।

गत आर्थिक वर्षको सोही अवधिको नेपालको व्यापार घाटा भने १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको व्यापार घाटा २.२६ प्रतिशतले कम हो।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको आयात र निर्यात दुबै घटेको छ। चालू आर्थिक वर्षको १० महिनामा नेपालमा कुल १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।गत वर्षको सोही अवधिमा भने नेपालमा कुल १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो। गत वर्षको तुलनामा यस वर्षको आयात २.३९ प्रतिशतले घटेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्