Tuesday, December 3Nepal News Portal
Shadow

बैंकहरूको खराब कर्जाको दर झन् बढ्यो


 

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर झन् बढेको छ । अघिल्लो महिना ३.७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३.९८ प्रतिशत पुगेको हो ।

यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन मा चुनौती थपेको छ । चैत मसान्तसम्म बैंकहरूले कूल ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।

जोखिममा परेको लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट २ खर्ब ३२ अर्ब बढी रकम प्रोभिजन वित्तीय व्यवस्थापन का लागि छुट्याएको केन्द्रीय बैंकले बताएको छ ।
२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस्तो प्रोभिजनका लागि २ खर्ब १८ अर्ब ३८ करोड रुपैयाँ हाराहारी छुट्याएका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्