Tuesday, June 18Nepal News Portal
Shadow

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा नरेन्द्र रानामगर


काठमाडौं । धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा नरेन्द्र रानामगर नियुक्ति भएका छन् । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने रानामगरले मन्त्रीस्तरीय निर्णय अनुसार बोर्ड अध्यक्षको जिम्मेवारी पाएका छन् ।

यसअघि उक्त भूमिकामा अर्थ मन्त्रालयका रितेश शाक्य रहेका थिए । शाक्यलाई मन्त्रालयमा तानेर उनको ठाँउमा नरेन्द्र लाई पठाइएको छ ।

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत् यस्तो संशोधन गरेको छ । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था छ ।

 

Total Page Visits: 85 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्