काठमाडौं, पुस २१ (ससं) । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ।
चितवन रत्ननगर नगरपालिका २ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो।
चोरीमा संलग्नहरूको पहिचान भने खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।