Tuesday, June 18Nepal News Portal
Shadow

तोलामा १२ सयले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँ कारोबार भएको छ भने सोमबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो

Total Page Visits: 81 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्