काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात रहेको छ ।
उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको बताएका छन् ।