Tuesday, June 18Nepal News Portal
Shadow

पर्यटनमन्त्री तामाङसँग ६ तोला सुन, १२ रोपनी जग्गा र २० लाख नगद


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात छ । त्यस्तै चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उनले तलब भत्ताबापत पाएको बताएका छन् ।

त्यसबाहेक तामाङसँग ६ तोला सुन र ७.८ तोला रहेको र ती तलब भत्ताबाट खरिद गरेको उनले विवरणमा खुलाएका छन् ।

Total Page Visits: 62 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्