Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
हिमपातका कारण चीनसँगको सिमानाका हिल्सा नाका बन्द – Udhyognews.com
Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Wednesday, July 9Nepal News Portal
Shadow

हिमपातका कारण चीनसँगको सिमानाका हिल्सा नाका बन्द


काठमाडौं, पुस २१ (ससं) । हिमपातका कारण चीनसँगको सिमानाका हिल्सा क्षेत्र आवतजावत कार्य बन्द भएको छ। आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आउजाउ बन्द भएको हो।

शनिबारसम्म ६ हजार ६ सय मिटर अग्लो नारालेकबाट हिल्सा आउजाउ गर्न सकिने भएपनि हिमपातपछि बन्द भएको सीमा सुरक्षा चौकी (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिएका छन्। अब उक्त क्षेत्रमा हिउँले गर्दा सडक अवरुद्ध भएको उनले बताए। मानिस पैदल हिड्न पनि सक्ने अवस्था नरहेको उनले बताए।

हिल्सामा बिओपीमा २० जना सशस्त्र प्रहरी र अन्य होटेल कुरुवा बस्दै आएका छन्। उनले यसअघि चिसो माइनस नौ डिग्रीसम्म पुग्ने गरेकोमा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको बताए।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्