Tuesday, December 3Nepal News Portal
Shadow

सिन्धुपाल्चोकको निकतातामा झोलुङ्गे पुल निर्माण


काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय बासी खुसी भएका छन्। लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय बासी खुसी भएका हुन्।

नवनिर्मित झोलुङ्गे पुलको मंगलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको रु ६० लाख बजेटमा पुल निर्माण भएको बताएका छन्। उनले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको जनाएका छन् ।

गाउँपालिकाको रु ६० लाख र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुङ्गे पुलको निर्माणले पयर्टन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जनाएका छन् । उनले अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्देश्य रहेको बताएका छन् । यो उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, वडाका जनप्रतिनिधिलगायत स्थानीयको उपस्थिति रहेको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्