काठमाडौं । गत साताको अन्तिम दिन बिहीबारदेखि नै उकालो लागेको धितोपत्र दोस्रो बजार आइतबारदेखि बुधबारसम्म ११२.७१ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार २०१८.७६ विन्दुमा बन्द भएकोमा आज २१३१.४९ विन्दुमा बन्द भएको हो ।
पछिल्लो चार कारोबार दिनमा बजारसँग लगातार कारोबार रकम पनि उकालो लागेको छ । गत आइतबार ४५.६९ अंकले बढेको बजार सोमबार २७.५४ अंक र मंगलबार २३.९४ अंकले बढेको थियो ।
यस दिन वाणिज्य बैंक समूहका कम्पनीको सेयर मूल्य वृद्धि भएसँगै बजारमा हरियाली छाएको हो । वाणिज्य बैंक समूहको परिसूचक ४।२३ प्रतिशतले बढेको छ । यो समूहको परिसूचक ११९२।७३ विन्दुमा बन्द भएको छ ।