Tuesday, December 3Nepal News Portal
Shadow

घट्यो रासायनिक मलको आयात


काठमाडौँ । वैशाख मसान्तसम्मको अवधिमा विदेशबाट आयात हुने रासायनिक मलको परिणाम घटेको भन्सार विभागको तथ्याङ्कले बताएको छ । चालू आर्थिक वर्ष २०८र८१ को १० महिनाको तथ्यांकअनुसार रासायनिक मलको आयात परिणाम घटेको हो ।

यो १० महिनाको अवधिमा विदेशबाट २५ अर्ब ५६ करोड रुपैयाँ बराबरको रासायनिक मल भित्रिएको छ ।

नेपालमा आयात हुने रासायनिक मल लगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । मुख्यगरी, भारत, चीन र गल्फ राष्ट्रबाट रासायनिक मलको आयात हुने गरेको छ ।

यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट ५ करोड १३ लाख रुपैयाँको आयात भएको छ । यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ । क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाखको पोटास भित्रिएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्