Tuesday, June 18Nepal News Portal
Shadow

सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा साइकल र्‍याली आयोजना गर्ने


 

 

 

 

 

 

 

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा आगामी जेठ १९ गते तेस्रो संस्करणको सांग्रिला साइकल र्‍याली आयाेजना  गर्ने भएको छ।

‘बैंकले इन्धन बचाऔं, वातावरण जोगाऔं’ नारासहित डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ–संस्थासँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागेको हो।

साइकल र्‍यालीमा सहभागी हुन जेठ १६ सम्म बैंकले उपलब्ध गराएको वेबसाइटमा निःशुल्क रजिस्ट्रेसन दर्ता गरिनेछ।

साइकल र्‍याली जेठ १९ बिहान ७ः०० बजेदेखि सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर पानीट्यांकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ।

 

Total Page Visits: 82 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्