Thursday, January 23Nepal News Portal
Shadow

छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा दुईजना पक्राउ


काठमाडौं, पुस २१ (ससं)। सुनसरीमा छुरा प्रहार गरी लुटपाट गरेको आरोपमा दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जिल्लाको देवानगञ्ज गाउँपालिका–५ घर भएर इनरुवा नगरपालिका–१ बस्ने २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र इनरुवा नगरपालिका–१ बस्ने सप्तरीको महदेवा गाउँपालिका–५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डल रहेका छन्।

उनीहरूले गत शुक्रबार बिहान इनरुवा नगरपालिका–९ मा सोही नगरपालिका–२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरेर फरार भएका थिए।

प्रहरीले उनीहरू विरुद्ध कर्तव्य ज्यान उद्योग र लुटपाटसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान थालेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्