Friday, December 1Nepal News Portal
Shadow

सडकबत्ती जडान गर्नेक्रममा करेन्ट लागेर भक्तपुरमा एकको मृत्यु, एकजना घाइते


काठमाडौं, पुस २१ (ससं) । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेरएकको मृत्यु भएको छ।

मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

करेन्ट लाग्दा एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो।

सो खबरपछि बिजुलीको लाइन काट्न लगाई प्रहरीको टोली एम्बुलेन्स सहितको प्रहरी टोली खटिएको थियो।

गम्भीर घाइते भएका दुबै जनालाई भक्तपुर अस्पताल पुर्‍याउँदा दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसरले बताएको छ।

अर्का घाइते सिन्धुली कमलामाई नगरपालिका ११ का २७ वर्षीय विक्रम मोक्तानको उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।

 

Total Page Visits: 463 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्