मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सानातिना समस्यामा अल्झनुपर्ला । पाचनप्रणालीमा समस्या देखिनसक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ला । कार्यमा सफलता पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको कार्य पुरा होला । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज आफन्तजन सँग मनमुटाब बढ्नेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुपर्ला। विद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रोकिएका अधुरा कामहरू पुरा हुन्छ। बोलीको प्रभाव बढ्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु ओ
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ल्ला । अध्ययनमा सफल रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख मिल्नेछ ।