Friday, January 24Nepal News Portal
Shadow

लगातार बढेको बढ्यै सुनको भाउ


काठमाडौं, पुस २२ (ससं)। सुनको मूल्य आज फेरि प्रतितोला ३०० रूपैयाँले बढेको छ। आज बुधबार मूल्य उकालो लागेसँगै लगातार तीन दिन मूल्य बढेको छ।

यसअघि, हिजो मंगलबार ११ सय रूपैयाँ र सोमबार ८०० रूपैयाँले मूल्य बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम भएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य ९६ हजार २०० रूपैयाँ कायम छ। सुनको मूल्य उकालो लागिरहँदा चाँदीको भाउ पनि बढिरहेको छ।

हिजो प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पाँच रूपैयाँले बढेर एक हजार ३४० रूपैयाँ तोकिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्