काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भूभागहरुका पानी परिरहेको छ।
काठमाडौं, धादिङ, नुवाकोट, प्युठान, पाल्पा, गुल्मी, पर्वत, स्याङ्जा, दैलेख, दाङ लगायतका क्षेत्रमा शनिबार बिहान पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभावका कारण ती स्थानहरूमा बिहान हल्कादेखि मध्यम वर्षा भएको हो।
अन्य भूभागमा आंशिकदेखि साधारणतया बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।
राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।