Monday, March 17Nepal News Portal
Shadow

नेपाल एसबीआई बैंकले रु ३ र्बको ऋणपत्र ल्याउने


 

काठमाडौं । नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ।

बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र ल्याउन लागेको हो। यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले वैशाख २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

नेपाल एसबीआई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्