Tuesday, June 18Nepal News Portal
Shadow

आगामी आर्थिक वर्षको बजेट मंगलबार प्रस्तुत हुने


 

सरकारले जेठ १५ गते (मंगलबार) आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसदमा पेस गर्ने भएको छ।

सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १ बजे संसदको संयुक्त बैठक बोलाएका हुुन्।

सरकारले आगामी आर्थिक वर्षको लागि करिब २० खर्ब हाराहारी बजेट ल्याउने तयारी गरेको छ।

प्रतिनिधिसभाको बैठक भने साँझ ४ बजे बस्ने भएको छ।

आइतबार कांग्रेसको अवरोधका बाबजुद संसदबाट नीति तथा कार्यक्रम पारित भएको छ भने आर्थिक सर्वेक्षण र संस्थानहरूको प्रतिवेदन समेत पेस भएको छ।

Total Page Visits: 56 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्