Monday, June 17Nepal News Portal
Shadow

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको छ।आज कारोबार रकममा गिरावट आएको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रूपैयाँको कारोबार भएकोमा आइतबार ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रूपैयाँको सेयर कारोबार भएको छ।

आइतबार ३१५ वटा धितोपत्रको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर किनबेच भएको हो।२९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २७ रूपैयाँ ४० पैसा कायम भएको छ।

यस्तै, सिटी होटलको सेयरमूल्य ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६७० रूपैयाँ पुगेको छ।

इन्फिनिटी लघुवित्तको मूल्य सर्वाधिक ६.३६ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३८५ रूपैयाँ कायम भएको छ।

यस्तै, विन नेपाल लघुवित्तको मूल्य ६.३५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४४६ रूपैयाँमा झरेको छ।

आइतबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ५६० रूपैयाँमा १५ करोड ६६ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.४१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३४ रूपैयाँमा १५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले घटेको छ।

Total Page Visits: 88 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्