Wednesday, February 12Nepal News Portal
Shadow

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् ।

नव नियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेल समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्