Tuesday, June 25Nepal News Portal
Shadow

रासायनिक मलको माग ६ लाख मेट्रिक टन


काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ लाख ६८ हजार ७ सय मेट्रिक टन रासायनिक मलको आपूर्ति भएको बताएको छ । आर्थिक वर्षका लागि कूल ६ लाख मेट्रिक टन बराबरको माग भए पनि २ लाख ६८ हजार बराबरको मात्र मल आपूर्ति हुन सकेको सरकारले बताएको हो ।

तथापि, अघिल्लो आर्थिक वर्षको मौज्दात समेत गरी चालु आर्थिक वर्षको फागुनसम्ममा २ लाख ७० हजार ६ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण गरिएको सरकारले बताएको छ ।

२ लाख ३२ हजार ८६ मेट्रिक टन रासायनिक मल आयात भएकोमा मौज्दात समेत गरी १ लाख ७८ हजार ३२ मेट्रिक टन बिक्री वितरण गरिएको सरकारले बताएको छ ।

कूल ६ लाख मेट्रिक टन रासायनिक मलको माग रहेकोमा सो मध्ये युरियाको ३ लाख ६० हजार, डिएपी २ लाख २० हजार र पोटास २० हजार मेट्रिक टन रहेको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्