Tuesday, June 18Nepal News Portal
Shadow

छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला


काठमडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त परिमाणको शेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको शेयरमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

Total Page Visits: 69 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्