काठमाडौं । आज सोमबार सुन चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुन स्थिर रही प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुनको मूूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूूल्य २५ रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।