काठमाडौं । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु (आव) को वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्। गत (आव ) मा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो।
कार्यालय प्रमुख भुसालले आर्थिकमन्दीको असर रुपन्देहीमा पनि देखिएको जनाए। उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले जनाए। उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छु, उनले भने, (आव ) २०७९/८० मा एक हजार एक सय ३० उद्योग दर्ता भएकामा चालु (आव) मा सात सय २९ मात्र दर्ता भएका छन्।
उद्योगमात्र हैन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ। गत (आव) मा एक हजार तीन सय चार व्यवसाय दर्ता भएकामा चालु (आव ) मा हालसम्म एक हजार एक सय ७५ वटा मात्र दर्ता भएका छन्। आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा रहेको थियो भने चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले बताएका छन् ।