काठमाडाैं । गुल्मीमा ढुंगासहितको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।
कालीगण्डकी गाउँपालिका–६, बर्लवास्थित करिडोर सडकमा पहिरो ढुंगा खस्दा सडक अवरुद्ध भएको छ ।
सोमबार बिहान अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएकाे छ । पहिरो ठूलो भएकोले सवारी साधन सुचारु हुन २३ दिन लाग्न सक्ने अनुमान प्रहरीले गरेको छ ।